क्रिकेटखेल

एनपीएल-३ ‘एलिमिनेटर’ : काठमाडौँ र चितवन भिड्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत ‘एलिमिनेटर’ खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ः०० बजे सुरु हुने खेलको विजेता टोलीले क्वालिफायर–२ मा स्थान बनाउनेछ ।

उक्त खेलमा विजेताले क्वालिफायर–१ मा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम मङ्गलबार भएको क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो ।

आजको खेलमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । जारी प्रतियोगितामा काठमाडौँले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोरेको थियो ।

चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो ।

पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँ भने चितवनविरुद्धको जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.