राजनीति

महानिरीक्षक कार्कीको रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

सर्वाेच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सो पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज कारण देखाउ आदेश जारी गर्दै रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको हो ।

यसै सन्दर्भमा अदालतले सूचना म्याद तामेल भएको मितिले १५ दिनभित्र महान्यायिधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हो ।

गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र रिक्त प्रहरी महानिरीक्षकमा डा मनोज केसीलाई नियुक्त गर्ने निणर्य गरेको थियो ।

सरकारले आफूलाई कुनै पूर्वसूचना नदिई तथा सुनुवाइको अवसर प्रदान नगरी प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाएको जिकिर गर्दै कार्र्कीले गत कात्तिक २० गते सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो विषयमा अदालतले यही मङ्सिर ७ गते पेशी तोकेको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.