जन सरोकार

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

तीन जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कोदारीस्थित इलाका प्रहरी कार्यालय कोदारीबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौँतर्फ आउँदै गरेको बिएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो ।

यसैबीच, वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलेखेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको छ ।

त्यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुलीसहित उनीहरूलाई पक्राउ गरिएको हो । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.