राजनीति

पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन माग

नेपाल एकीकरणकर्ता बडामहाराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रुपमा मनाउनुपर्ने माग विवेकशील साझा पार्टीले गरेको छ ।

पृथ्वीनारायणः राष्ट्रिय एकताका प्रवत्र्तक

पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गरी पुस २७ गते पर्ने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई नेपाल दिवसका रुपमा मनाउन सरकारसंग माग गरिएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर पौष २७ गतेदेखि ‘मेची(महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने तयारी गरेको पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई नेपाल दिवसका रुपमा मनाउनुपर्ने आधारहरु समेत दिएको छ । जसअनुसार,

१) पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस (Nepal Day)’ का रूपमा मनाइयोस्। संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो।

२) संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।

३) राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्‍याउँछौ। अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो।

४) त्यसै गरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याउन चाहन्छौँ।

विज्ञप्तिको अन्त्यमा पार्टीले पुस २७ गते सुरु भएर माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुने राष्ट्रिय एकता यात्रामा जहाँ, जसरी सम्भव हुन्छ, सहयोग र सहभागिताका लागि सम्पूर्ण नेपालीहरूमा अपिल गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.