सूचना/प्रविधि

नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता

सरकारी स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड र सूचना प्रविधिको अग्रणी कम्पनी एनआईटिभी नेपालबीच ‘डिजिटल मार्केटिङ’को सम्झौता भएको छ ।

डिजिटल मार्केटिङका लागि खुला बोलपत्र आव्हानमार्फत कम्पनीको छनोट गर्दा एनआईटिभी नेपालले प्रतिस्पर्धाका आधारमा सो जिम्मेवारी पाएको हो ।

बोलकबोल स्वीकृत भएलगत्तै नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता सम्पन्न भएर जिम्मेवारीको आधिकारिकता प्रदान गरिएको हो ।

पुस १९ गते बिहिबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा एनआईटिभी नेपालका प्रमुख कार्यकारी अधिकृत, प्रशासकीय अधिकृत लगायत नेपाल टेलिकमका उच्च अधिकारीहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासंगै राष्ट्रको अग्रणी दूरसंचार सेवा प्रदायक नेपाल टेलिकम र निजी क्षेत्रका सूचना प्रविधि क्षेत्रका कम्पनीबीचको सहकार्यको बाटो अरु फराकिलो बनेको छ ।

सम्झौता अनुसार  नेपाल टेलिकमले प्रदान गर्ने सेवाहरुको समयसान्दर्भिक प्रचारप्रसार र त्यस्तो सामग्री उत्पादन एनआईटिभी नेपालले गर्नेछ ।

एनआईटिभी नेपालले यसअघि सरकारी स्वामित्वको प्रसारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाललाई डिजिटल प्ल्याटफर्ममा लैजाने जिम्मेवारी निर्वाह गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.