५ अर्बभन्दा धेरै रकम ह्याक गर्ने षड्यन्त्रका मुख्य योजनाकार पक्राउ
भारतीय तथा नाइजेरिया नागरिकसंग मिलेर नेपालका विभिन्न बैंक तथा वित्तीयसंस्थाबाट ५ अर्बभन्दा बढी रुपैयाँ ह्याकिङ गरी निकाल्ने योजनामा रहेका मुख्य योजनाकार दीपक नेपाललाई प्रहरीले काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको छ ।
भारतको मुम्बइमा बसेर भारतीय तथा नाईजेरियन नागरिकसँग मिलेर नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ५ अर्ब भन्दा धेरै रकम ह्याकिङका मुख्य योजनाकार मोरङको रंगेली नगरपालिका वडा नं २ का ४३ वर्षीया नेपाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले ५ अर्बको ह्याकिङमा संम्लग्न मध्येका दीपक नेपाललाई काठमाडौंको बसुन्धराबाट नियन्त्रणमा लिएको बताउनुभएको छ ।
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा प्रहरीले यसअघि १८ जनालाई पक्राउ गरिसकेको छ भने पक्राउ परेका नेपाल १९ औं आरोपी हुन् । पक्राउ परेका नेपालको समूहले कृषि विकास बैंकको ‘क्रेडेन्सियल ह्याकिङ’गरेर एक करोड रुपियाँ सहित फरार रहँदै आएका थिए ।
भारतमा बसेर विदेशी नागरिक काले भनिने पिटरले नेपालका विभिन्न वित्तिय संस्थाहरुबाट ५ अर्बभन्दा धेरै रकम ह्याक गर्ने योजनामा पक्राउ परेका नेपालीहरुले सहयोग गरेका थिए । कृषि विकास बैंकमा ह्याक एक करोड बोेकेर फरार रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्