क्रिकेटखेल

सन्दीपका कानुन व्यवसायीले नै स्थगित गरे थुनामा पठाउने आदेश बिरुद्धको सुनुवाई

नाबालिगमाथि जवर्जस्ती करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा लामिछानेले दिएको पुनरावेदनमाथिको सुनुवाइ तोकिएको थियो ।

सुनुवाई तोकिएकै दिन निवेदक लामिछानेको कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनका शाखा अधिकृत एवम् सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिनुभयो ।

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गर्नुभएको थियो भने दोस्रोमा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । सन्दीपले दिएको पुनरावेदनमाथि पुस २८ गते सुनुवाइ हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.