आइसिसी टी–२० विश्वकपमा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको छ । सोमबार साँझ एक कार्यक्रम आयोजना गरी आगामी फेब्रुअरीमा भारत र श्रीलंकाको संयुक्त रूपमा हुने टी–२० विश्वकपमा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको हो ।
साथै कार्यक्रममा टी–२० विश्वकपको ट्रफी पनि सार्वजनिक गरिएको छ । ट्रफी टूर अन्तर्गत विश्वकपको ट्रफी नेपाल आइपुगेको हो।
आइसिसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ। तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाल समूह ‘सी मा रहेको छ । उक्त समुहमा नेपालसहित इंग्ल्याण्ड, वेस्टइन्डिज, बंगलादेश र इटाली रहेका छन् । टी–२० विश्वकप अन्तर्गत नेपालको समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्ने भएको छ ।
नेपालले पहिलो खेल ८ फेब्रुअरीमा मुम्बईस्थित वान्खडे स्टेडियममा इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकपको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ ।





प्रतिक्रिया राख्नुहोस्