जन सरोकार

नेपाली भूमिमा पुल निर्माण गर्दा एसएसबीको अबरोध

नेपाली भूमि डुुबानमा पार्ने गरी विना सहमति दशगजामा अन्तराष्ट्रिय कानुन विपरीत सडकको नाममा बाँध बनाउने भारतले नेपालले आफ्नै भूमिमा पुल बनाउन समेत रोक लगाएको छ । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अबरोध गरेको हो ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयामा खडक खोलाको पुल निर्माणमा एसएसबीले अवरोध पुर्याएको हो । समाचार अनुसार हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग यो पुल निर्माणका लागि सम्झौता गरेको थियो ।

सम्झौता भएपछि कन्स्ट्रक्सनले प्राविधिक कर्मचारी, कामदार र उपकरण ल्याएर काम शुरु गर्न खोज्दा एसएसबीले अवरोध पुर्याएका हुन् । १८ करोड ३३ लाख लागतमा निर्माण ठेक्का दिइएको सो पुल १ सय १२ मिटर लम्बाइ र ११ मिटर चौडाइको रहनेछ । पुल बनाउने भनेर पारी भारतीय गाउँ करियौर र नेपालतर्फका कटैयाका बासिन्दाका बीचमा छलफल हुँदा पुल बनाउने सहमति भएको थियो ।

तर, सीमा नजिकै पुल बनिरहेकाले भारतीय पक्षले दुबै देशको सहमतिमा बन्नुपर्ने अडान एसएसबीले लिएको छ । नेपाली भूमीमा नेपाली पक्षले बनाउन लागेको पुलमा अवरोध पुर्याउँदा काम ठप्प भएको छ । भारतीय गाउँ करियौर गाउँका बासिन्दाले पनि पुल निर्माण हुन लागेको जग्गा नेपालकै भएको बताइरहँदा पनि एसएसबीले काम गर्न नदिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.