जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

तनहुँ र नवलपरासी पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तनहुँ, भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित सडकमा पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग.१ ज ६३५६ नम्बरको जिप सडकदेखि अन्दाजी १ सय ५० मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी पूर्व बौदीकाली गाउँपालिका-२ बस्ने ४२ वर्षीय रूम बहादुर बिक र सोही गाउँपालिका-२ डेढगाउँ बस्ने ५५ वर्षीय जेमलाल दरैको जि.पि. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका १० जनामध्ये ४ जनाको सोही अस्पतालमा र ६ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये ३ जनाको गम्भीर, ४ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको छ ।त्यस्तै नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा ना.६५ प ६७८९ नम्बरको मोटरसाइकल र ना.६ ख ६०१३ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कास्की माछापुच्छ्रे गाउँपालिका-४ बस्ने २२ वर्षीय बल बहादुर शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.