नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले गौशालालाई जवर्जस्ती करणी गरेको अभियोग प्रमाणित गर्न चुनौति दिंदै यदि प्रमाणित भए आठ वर्ष कैद होइन फाँसी दिन चुनौति दिएका छन् ।

टी २० विश्वकप अगाडि उच्च अदालतले सुनुवाई गर्ने र खेल्न पाउने सम्भावना सबै क्रिकेटप्रेमीमाझ रहे पनि गत आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा पारेपछि अदालतप्रति सडकमै बिरोध प्रदर्शन समेत भएको छ ।
यस्तोमा लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो र गौशाला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिंदै सम्बन्ध प्रमाणित भए ८ वर्ष सजायले नपुग्ने बरु फासी नै सही हुने बताएका छन्।
आफ्नो स्टाटसमा लामिछानेले तथाकथित अभियन्ताहरूलाई चुनौति दिंदै आफू र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्न भनेका छन् ।
लामिछानेले यदि आफू दोषी देखिन्छु भने फासीमा चढाइयोस्, ८ वर्षले पुग्दै पुग्दैन भन्दै यस घटनामा आफू निर्दोष पात्र रहेको स्पष्ट पारेका छन्।
उनले यो घटना घटाइएको र वास्तविक अनुहार एकदिन निस्किने बताउँदै यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा भएको बताएका छन् ।
अदालतले गलत निर्णय गरेको बताउँदै लामिछानेले यो घटना घटेको होइन घटाइएको दावी गर्दै यस विषयमा धेरै खोल्न बाँकी रहेको र वास्तबिक अनुहार आफैं निस्केला, भन्दै आफू त फसे, बोलेकै भरमा अरु कोही नफसोस भन्दै अनुरोध समेत गरेका छन्।
लामिछानेको टिप्पणी
प्रतिक्रिया राख्नुहोस्