विश्व समाचार

महामारी नियन्त्रणको उत्तम उपाय विद्यालय बन्द !

विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी असर विद्यालयहरुलाई पर्यो । अहिले पनि कतिपय मुलुकमा विद्यालय संचालनमा आएका छैनन् । अहिले विस्तारै धेरै मुलुकहरुको स्थिति सामान्य बन्दै गएको देखिए पनि कोभिड–१९ सङ्क्रमणको गतिशीलता घटाउने फैलावट रोक्ने सबैभन्दा प्रभावकारी उपाय विद्यालयहरू बन्द गर्नु रहेको एक अध्ययनले देखाएको छ ।

ज्यूरिचको ‘स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (ईटीएच)’का अन्वेषकहरूले गत मार्चमा स्विट्जरल्याण्डका विद्यालयहरू बन्द हुँदा कोभिड–१९ को गतिशीलतालाई पाँच गुणा घटाउन सहज भएको बताएका छन् । विद्यालय बन्द भएपछि सङ्क्रमणको गतिशीलता २१.६ प्रतिशतले घटेको यस अध्ययनको नेतृत्व लिइरहेका प्रबन्ध सूचना प्रणालीका ईटीएच प्रोफेसर स्टीफन फ्युरेग्रीगलले एएफपीलाई जानकारी गराउनुभयो । विद्यालय बन्द भएपछि गतिशीलता कम हुन्छ र यसले कोभिड–१९ का नयाँ सङ्क्रमित दरलाई कम गरेको पुष्टि हाम्रो अध्ययनले देखाएको छ ।

उहाँको टोलीले गत वर्ष फेब्रुअरी १० देखि अप्रिल २६ बीच स्विस टेलिकम्युनिकेसनको कोभिड–१९ सङ्क्रमितको तथ्याङ्कमा विश्लेषण गरेको थियो । उक्त समूहले गतिशीलतामा पार्ने प्रभावहरूको मूल्याङ्कन गर्नका लागि फरक फरक उपायहरू अपनाएको थियो ।

विकेन्द्रीकृत स्विजरल्याण्डमा मार्च १६ मा विद्यालय बन्दसहित राष्ट्रव्यापी आंशिक बन्दाबन्दी घोषणा हुनुभन्दा पहिले नै विभिन्न २६ समूह बनाई कोभिड सङ्क्रमणबारे अनुसन्धान थालेको थियो । यहाँ दुई महिनासम्म विद्यालयहरू पूर्णरूपमा बन्द गरिएको थियो भने त्यसपछि क्रमशः विद्यालय खोलिएको थियो ।

अध्ययनबारे समूहबीच आपसीे समीक्षा हुन अझै बाँकी छ यद्यपि विद्यालय बन्द भए पछि गतिशीलता घटाउन तेस्रो प्रभावकारी माध्यम बनेको अध्ययनको निश्कर्ष निकालेको छ ।

सबैभन्दा प्रभावकारी उपाय भनेको नागरिकलाई पाँचभन्दा बढीको समूहमा भेला हुन वा हिडडुल गर्न नदिनु रहेको थियो । यो यहाँको सङ्क्रमण दर नियन्त्रणमा २४.९ प्रतिशत प्रभाव बनेको थियो । त्यसैगरी रेष्टुरेन्ट तथा बारका साथै दैनिक अतिआवश्यक सामग्री किनमेलबाहेकका पसलहरूको बन्दका कारण २२.३ प्रतिशत सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफलता मिलेको थियो ।

प्राध्यापक फ्युरेग्रीगलले भन्नुभयो, “यो आश्चर्यजनक कुरा होइन कि विद्यालयको बन्द भएका कारण नागरिकमा सङ्क्रमण दर नियन्त्रणमा यति ठूलो प्रभाव पा¥यो ।” यदि विद्यालयहरू बन्द भएमा हाम्रा बानीहरूमा व्यापक परिवर्तन पाउछौँ । “विद्यालय बन्द हुनुको अर्थ कालबालिका घरमा रहन्छन् भन्ने मात्र होइन । यसले उनीहरूका अभिभावकको गतिशीलतामा पनि परिवर्तन गर्न बाध्य पार्छ ।”

हुन त महामारी नियन्त्रणका लागि विद्यालय बन्द गर्नुलाई विश्वभरि निकै विवादास्पद उपायका रूपमा चर्चा गरेको पनि पाइयो । तर यसले बालबालिकालाई विरामी हुनबाट हदैसम्म जोगायो । बालबालिकामा कोभिड–१९ सङ्क्रमणका घटना निकै कम रहने पनि बताइएको छ तर उनीहरूले भाइरस सार्न कति भूमिका खेले त ? यो कुरा अझै प्रष्ट भइसकेको छैन ।

इटिएफको अध्ययनले पनि यसलाई सम्बोधन गर्दैन तर यसले मानिसहरूलाई गतिशील बनाउन र एक व्यक्तिबाट अर्कोमा पुग्न निकै नियन्त्रण गर्याे । उहाँले भन्नुभयो, “हाम्रो विश्लेषणले यो पुष्टि गर्छ कि विद्यालय बन्द भएका कारण सङ्क्रमण दरलाई कम भने पक्कै ग¥यो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.