राजनीति

भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो ।

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.