क्रिकेटखेल

ज्याक्स र कोहलीको उत्कृष्ट प्रदर्शनमा बैंगलोरको तेस्रो जित, गुजरात ९ विकेटले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा गुजरात टाइटन्सलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गर्दै बैंगलोरले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

बैंगलोरको तेस्रो जित

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ४९ बलमा चार छक्का र आठ चौका प्रहार गर्दै ८४ रनमा अविजित रहे भने शाहरुख खानले ३० बलको सामना गरी पाँच छक्का र तीन चौका प्रहार गर्दै ५८ रन बनाए ।

त्यस्तै डेभिड मिलर २६ रनमा अविजित रहे । बैंगलोरको लागि स्वप्निल सिंह, मोहम्मद सिरिज र यश दयालले समान १-१ विकेट लिए । गुजरातले दिएको दुई सय एक रनको लक्ष्य पछ्याएको बैंगलोरले १६ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्यो । बैंगलुरुको लागि विल ज्याक्सले ४१ बलमा १० छक्का र पाँच चौकको मद्दतमा अविजित रहँदै एक सय रनको शतकीय पारी खेले भने विराट कोहलीले ४४ बलको सामना गरी तीन छक्का र ६ चौका प्रहार गर्दै ७० रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान फाफ डु प्लेसिस भने २४ रन बनाउँदै आउट भए ।

जितसँगै बैंगलोर १० खेलबाट ६ अंक जोड्दै तालिकाको पुछारमा छ भने समान खेलमा ८ अंक जोडेको गुजरात सातौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.