एन आर एन न्युजकोशीप्रदेश

कोशी प्रदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई मुख्यमन्त्री कार्कीको आग्रह

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीलाई कोशी प्रदेशमा धेरै क्षेत्रमा सम्भावना रहेकाले लगानी गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीको आग्रह

आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई रक्त सङ्कलन घुम्ती बस हस्तान्तरणका अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने बताउनुभयो । “कोशी प्रदेशमा लगानी धेरै सम्भावना छन्, तपाईंहरु लगानी गर्नका लागि आउनुहोस् । सरकारले पुँजी, श्रम र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्नेछ”, उहाँले भन्नुभयो ।

प्रदेशको विकासका लागि गैरआवासीय नेपालीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले प्रदेश सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुलुकको विकासका लागि देशभित्र र बाहिर रहने सबै नेपालीको एकता आवश्यक रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली सङ्घले रक्त सङ्कलन बस उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले आफूहरु विदेशमा रहे पनि मनमा सधैं नेपाल रहिरहने र नेपालका लागि सक्दो सहयोग तथा लगानी गर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले बस उपलब्ध भएपछि रगत सङ्कलन गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.