जापान

घले ल्होसार टोकियोमा भब्यसंग मनाइयो

जापानमा रहेका घलेहरुले भब्यसंग घले ल्होसर मनाएका छन । टोकियोमा आइतबार नेपालीहरुको राजधानी मानिने टोकियोको सिनओकुबोमा यस बर्षको ल्होसार बिबिध सांंस्कृतिक कार्यक्रमहरू सहित सम्पन्न भएको हो ।

नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकालीको प्रमुख आतिथ्यमा सम्पन्न ल्होसार कार्यक्रममा एनआएन आईसिसिका सदस्य दघिवल खडका, जापान मनी ट्रान्सफरका अध्यक्ष ओम गुरुङ, तमू धीं जापानका अध्यक्ष सौगात गुरुङ, ब्यबसायी माइकल गौचन लगायतका अतिथिहरुको सहभागी रहेको ल्होसार कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति सहित लिल फङ घले समाज जापानको कार्यक्रमहरूको जानकारी दिइएको थियो ।

लिलफङ घले समाज जापनका अध्यक्ष मनोज घलेको सभापतित्व सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष पूर्णबहादुर घले, अरुण घले, मिन घले लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.