राजनीति

नेपालको आन्तरिक मामिलामा बाह्यशक्तिले चासो राख्न थालेकामा चिन्ता व्यक्त

जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा विदेशीले अनावश्यक चासो दिएको भन्दै अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताका पक्षमा उभिनुपर्ने बताउनुभएको छ ।

जसपाद्वारा टीकापुरमा भएको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभालाई सम्बोधन गर्नेक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यो विघटन संविधान र लोकतान्त्रिक गणतन्त्रको विघटन भएको तर्क गर्दै यसबाट तानाशाही प्रवृत्ति निम्तिने ठोकुवा गर्नुभयो ।

जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्ने विश्वास व्यक्त गर्दै डा भट्टराईले विघटनसँगै अन्तरराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको भनी चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.