कला/मनोरन्जनकलिउड

आस्थालाई प्रहरीमा हाजिर हुने जिम्मा आमाबाबुले लिए नपक्रिने

विमानस्थलमा अभद्र व्यहवार गरेको आरोपमा एक महिला प्रहरीले उजुरी दिएपछि पक्राउ पूर्जी जारी गरिएका गायिका आस्था राउतप्रति प्रहरी नरम देखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि विदेशमा रहेकी उनलाई फरार सूचीमा राख्दै प्रहरीले स्वदेश फर्किनासाथ पक्रिहाल्ने योजना बनाएकोमा अहिले भने सो योजनाबाट पछिहटेको छ ।

विमानस्थलमा कार्यरत प्रहरी जवान रमिसा श्रेष्ठले गत आइतबार राउतविरूद्ध अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई पक्रन अनुमति दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थाका आमाबुवाले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताउँदै उहाँलाई कार्यालय हाजिर गराउने अभिभावकको प्रतिवद्धता आए प्रहरी सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

यही माघ १ गते बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी आस्था उनी आन्तरिक टर्मिनलको सुरक्षाकर्मीले जाँचका क्रममा उनलाई ज्याकेट फुकाल्न लगाएका थिए । मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुनः चेकजाँच गर्छन् । यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन् । सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन् ।

चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन् । तर, राउतले कप ठेल्छिन् । केहीबेरमा कपबाट कफी पोखिएको थियो र राउतको ज्याकेट भिजेको थियो । यसक्रममा राउतले प्रहरी कर्मचारीलाई केहीबेर गाली गरेकी थिइन् ।

काठमाडौंबाट भद्रपुर पुगेपछि गाडीमा चढेको बेला आस्थाले फेसबुकमा लाइभ गरेकी थिइन् र आफूमाथि विमानस्थलमा दुर्व्यवहार भएको भन्दै प्रहरीको चर्को आलोचना गरेकी थिइन् ।

उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अर्को दिन प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो । उक्त भिडिओ बाहिर आएपछि आस्थाले अर्को फेसबुक लाइभमा रूँदै माफी पनि मागेकी थिइन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.