कर्पोरेट/पर्यटन

नाट्टाको “सेल्स मिसन” टोली भारत प्रस्थान

नेपालको पर्यटनको प्रचार प्रसारका लागि नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को पर्यटन प्रवद्धन अभियानका लागि ट्राभल कम्पनी, एयरलाइन्स तथा होटल व्यवसायीहरुको “सेल्स मिसन” टोली भारतको वाराणशी प्रस्थान गरेको छ ।

नेपाल पर्यटन बोर्डसंगको समन्वयमा नेपाल–भारत अन्तरदेशिय पर्यटन प्रवद्धनात्मक कार्यक्रम अन्तर्गत नेपालका ११ ट्राभल कम्पनी, बुद्ध एयरलाइन्सका साथै भैरहवा र लुम्बिनीका ११ वटा होटल व्यवसायीहरुकोे नेतृत्व गर्दै काठमाण्डौबाट भारतको वाराणशी प्रस्थान गरेको हो ।

“सेल्स मिसन” नाम दिइएको व्यवसायीहरुको टोलीले वाराणसी, गोरखपुर र लखनउमा हुने व्यवसायीक अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ । यस कार्यक्रममा १०० भन्दा बढी भारतीय ट्राभल तथा टूर अपरेटरहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

“सेल्स मिसन” कार्यक्रमको संयोजन तथा नेतृत्व नाट्टा कार्यसमिति सदस्य विष्णु पाण्डेले गर्नुभएको छ । भ्रमण टोलिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नाट्टाका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थपलिया लगायत पदाधिकारीहरुले विदाई गर्नुहुदै मिसनको उद्देश्य बमोजिम व्यवसाय बृद्धि गर्न भ्रमण टोलीलाई शुभकामना व्यक्त गर्नुभयो ।

तत्पश्चात् नेपाली टोली यही जनवरी २९ देखि ३१ सम्म नाट्टा बाँके च्याप्टरले नेपालगञ्जमा आयोजनामा गर्नेे पश्चिमाञ्चल पर्यटन मेलामा सहभागी हुने व्यवस्था मिलाइएको छ ।

उक्त मेलामा नेपाल लगायत ट्राभल एजेन्ट्स एशोसिएशन अफ इण्डियाका ७० भन्दा बढि पदाधिकारी तथा पर्यटन व्यवसायिहरुको सहभागिता हुने अपेक्षा गरिएको छ ।

यस प्रकारको कार्यक्रमबाट अन्तरदेशीय पर्यटन प्रवद्र्धन हुने र कोभीड पछिको पर्यटन व्यवसाय पुनः सुचारु गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.