जन सरोकारस्वास्थ्य

१२ हजार आठजना संक्रमित, आठजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यस अवधिमा आठजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार एन्टिजेन र पीसीआर विधिबाट गरिएको २५ हजार ९०९ परीक्षणमा देशभर १२ हजार ८ संक्रमित थपिएका हुन् ।

मन्त्रालयको विवरणमा १८ हजार १०३ पीसीआर परीक्षणमा ९ हजार ४३२ र ७ हजार ८०६ एन्टिजेन जाँच गर्दा २ हजार ५७६ जना संक्रमित फेला परेका हुन् । यसै गरी २४ घण्टाको अवधिमा ३ हजार ४० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै मोरङमा ४४२, कास्कीमा ३११, सुनसरीमा २९१ र रुपन्देहीमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेमा २१२, कैलाली र झापमा १६७/१६७, चितवनमा १५०, बाँकेमा १२१ र मकवानपुरमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै दाङ ६७, कञ्चनपुर ५९, सुर्खेतमा ४८ नवलपरासी पूर्व ४६, सिराहा ४२, धनुषा ४४, पाल्पा ४०, स्याङजा ३७, नवलपरासी पश्चिम ३२, बर्दिया ३०, गोरखा २६, धादिङ २५, सर्लाही २३ तथा अर्घाखाँचीमा २२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयको तथ्यांक अनुसार कपिलबस्तु र गुल्मी १९/१९, पर्सा, बागलुङ र बारा १७१/१७, रौतहट, खोटाङ र उदयपुर १६/१६, धनकुटा १४, अछाम १३, तेह्रथुम र सप्तरी १२/१२, रामेछाप ११ र रोल्पामा १० जना संक्रमित थप भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.