राजनीति

रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

शुक्रबार सर्वोच्च अदालतको फैसलापछि उनले राजीनामा दिएका हुन् । लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको हो । लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको थियो ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.