कर्पोरेट/पर्यटन

अलपत्र परेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

म्याग्दीको पर्यटकीयस्थल खोप्राबाट नारच्याङमा झर्ने क्रममा अलपत्र परेको चारजना नेपालीलाई शनिबार सकुशल उद्धार गरिएको छ । विहीबार खोप्राबाट नारच्याङ आउने क्रममा सर्लाहीका अंकित शाह, अभिशेक महतो, दोलखाका सन्जित लामा र धनगडीका सुमन भट्ट बीचबाटोमा अलपत्र परेका थिए ।

अलपत्र परेका उनीहरुलाई शनिबार विहान सिम्रीक एयरको हेलिकप्टरबाट उहाँहरुलाई सकुशल उद्धार गरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ल्याइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । अलपत्र परेकाहरु नारच्याङको माथिल्लो भेग स्थित ¥यालेखर्कस्थित जंगलको खोचमा भेटिएको र हेलिकप्टरमार्फत् नारच्याङ गाउँमा ल्याइएको उहाँले बताउनुभयो ।

अलपत्र परेको खबर आएपछि शनिबार विहान बेनीबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित प्रहरी नायब उपरिक्षक किरणजंग कुँबर, सशस्त्र प्रहरी र स्थानीयबासी नारच्याङको माथिल्लो भेगमा खोजी र उद्धारका लागि जुट्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.