राजनीति

सरकार बनेदेखि नै प्रधानमन्त्रीलाई असफल बनाउन लागिपरे

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार बनेदेखि नै अर्काे समूहले कचकच शुरु गरी असफल बनाउन मात्रै लागेको बताउनुभएको छ ।  स्थानीय बट्टारमा नेकपाको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले सानातिना समस्यालाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि असहयोग मात्र मिलेको बताउनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशलाई अराजकतातर्फ लैजाने प्रवृत्तिलाई परास्त गर्नका लागि प्रधानमन्त्री ओलीलाई आफूले साथ दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालले विदेशी उक्साहटबाट नै पार्टीभित्र अहिलेको विग्रह आएको बताउनुभयो । उहाँले अर्काे समूह पैसा, पद र परिवारमा सीमित भएको जनाउँदै प्रतिस्पर्धा र क्षमताका आधारमा पद पाउनेभन्दा पनि कागताली र अपुतालीमा पद पाउनेबाट केही उपलब्धि नहुने र कम्युनिष्ट आन्दोलन सफल नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.