खेलफूटबल

फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको प्रशिक्षक एन्सेलोट्टीको भनाइ

कार्लो एन्सेलोट्टीले फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको बताउनुभएको छ । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको बताउनुभएको हो ।

कार्लो एन्सेलोट्टी

उहाँले फुटबल समय खेलाडीका लागि निकै चुनौतीपूर्ण रहेको बताउनुभएको हो । लस ब्लान्कोसले फेब्रुअरीको अन्त्यमा मोरक्कोमा हुने क्लब विश्वकप खेल्नेछ र च्याम्पियन्स लिग, कोपा डेल रे र स्पेनिस लिग उपाधिको होडमा रहेको छ ।

गत जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग मड्रिड पराजित भएको थियो भने प्रतियोगिता साउदी अरेबियामा भएको थियो ।एन्सेलोट्टीले बुधबार पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी प्रतियोगिता त्याग्ने छैनौँ, किनकी यो क्लबले सबै प्रतियोगिताहरूमा सकेसम्म उपस्थिति जनाउँछ ।”

“खेलाडीलाई आराम गर्नु महत्वपूर्ण छ तर अहिले उनीहरूका लागि खेलको तालिकामा अत्यधिक चाप रहने गरेको छ । “ला लिगाले आफ्नो तालिका अनुसार खेल तय गर्छ, स्पेनिस फुटबल महासङ्घ (स्पेनिस एफए) आफ्नो कार्यक्रम बनाउँछ, फिफाको आफ्नै तालिका छ र यूईएफए आफ्नै कार्यक्रमअनुसार चल्न चाहन्छ,” उहाँले भन्नुभयो ।

प्रशिक्षकले आफ्ना खेलाडीसँग आराम गर्ने समय नभएको र फुटबलका वरिष्ठ अधिकारीहरूको समूहले (एलाइट टिम) ले अत्यधिक फुटबल तालिका समायोजनका लागि विशेष सोच्नुपर्ने उहाँले बताउनुभयो । “यो धेरै गम्भीर विषय हो,”उहाँले थप्नुभयो ।

प्रशिक्षक एन्सेलोट्टीले भन्नुभयो, “हामी खेल्न उत्साहित छौँ । खेलाडीहरूले यसलाई मन पराउँछन्, तर त्यहाँ सबै कुराको सीमा छ र मलाई लाग्छ कि अहिले, यो तालिकाको साथ हामी अघि बढ्दै छौँ । हामी सबै मिलेर यसलाई परिवर्तन गर्न केही न केही गर्नुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.