जन सरोकार

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोरङ, विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल चोरी गरी नम्बर प्लेट फाली भारततर्फ लैजाने उद्देश्यले विराटनगर महानगरपालिका-१४ स्थित लुकाई राखेको अवस्थामा २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मण्डलले लामो समयदेखि नेपालको सिमा क्षेत्रबाट संगठित रूपमा गिरोह परिचालन गरी मोटरसाइकल चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.