प्रबास

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले खोल्यो नेपालमा शाखा

सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट शुरु भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा आफ्नो शाखा विस्तार गरेको छ । गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो ।

नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित गैर नाफामुलक संस्था इनासले हाल विश्वका ७३ वटा देशमा शाखाम विस्तार गरिसकेको छ । नेपालमा नयाँ शाखाको विस्तारसँगै गठन भएको कार्य समितिमा दयाराम पाण्डे संयोजकमा नियुक्त भएका छन् । संस्थाको वरिष्ठ संयोजकमा शुसिल पोखरेल,, प्रथम सह–संयोजक सुदीप कुमार रेग्मी, द्धितिय सह–संयोजक देव कुमार श्रेष्ठ, सदस्य सचिव गोपाल ढकाल, ९छन्दे० र कोषाध्यक्ष्यमा कृपा भक्त महर्जन चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा दिपीका प्रसाई, सलोन बस्नेत, सिन्धु मल्ल, श्री देव भट्टराई, कविराज गहतराज, उद्धव प्रसाद भट्टराई, भुमिका शाह, शैलेस डंगोल चयन भएका छन् ।

यस्तै, कृपा केसी, सुदीप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय अगवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मिरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविधा अधिकारी, पुष्पा खनाल, रुपेन कोइराला, कल्पना श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.