न्यारो बडी जहाज खरीदमा कम्तिमा तीन लाख ४० हजार यूरो घूस दिएको खुलासा

नेपाल वायुसेवा निगमले युरोपेली विमान निर्माता कम्पनी एयरबसबाट खरीद गरेको दुईवटा न्यारो बडी जहाज (ए ३२०) नेपाली व्यापारी तथा अधिकारीहरुलाई कमसेकम तीन लाख ४० हजार युरो दिएको फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जारी गरेको सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
द काठमाडौं पोष्टले छापेको समाचार अनुसार सम्झौता परिपक्व गर्नका लागि दिएको सो रकम जहाजको मूल्यमाा बढाएको विश्वास फ्रान्सको राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जारी गरेको सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
उसले भनेको छ कि सम्झौतामा १.८ मिलियन डलर भुक्तानी नेपाली बिचौलिया र सरकारी अधिकारीहरुलाई दिइएको थियो । तर ३ लाख ४० हजार युरोको भुक्तानी भने तेस्रो पक्षलाई गएको छ, जसले नेपाली अधिकारीहरुलाई दिएका थिए ।
स्मरणीय के छ भने २००९ को नोभेम्बरमा नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्धक निर्देशक सुगतरत्न कंशाकारले दुर्बमा एयरबस वाइडबडी ए ३३० २०० र न्यारो बडी ए ३२० खरीदका लागि सम्झौता गरेका थिए । सम्झौता अनुसार दुबै जहाज दुई वर्षमा नेपाल पठाउनुपर्ने थियो तर अग्रीम भुक्तानीको रुपमा ७ लाख ५० हजार डलर एयरबसमा पठापछि कंसाकारलाई भ्रष्टाचारको मुद्दामा जेल चलाउन गरियो । पछि उनले अदालतबाट सफाई पाएका थिए ।
सन् २०१० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको थियो तर २०१२ मा विशेषा अदालतले कंसाकारलाई सफाइ दिएको थियो । एयरबस खरीद प्रक्रियाले अहिलेसम्म निरुपण पाएको छैन । तत्कालीन समयदेखिका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई आआफ्नो पक्ष र स्वार्थ अनुसार मुछ्ने गरिए पनि अर्बौं भ्रष्टाचारको यो मुद्दाले भने किनारा पाएको छैन । यसलाई राजनीतिक सौदावाजीका रुपमा मात्र उचाल्ने गरिएको छ ।
त्यसो त फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजक कार्यालयद्वारा सन् २०१४ को जनवरी २९, फेब्रुअरी १४ र अप्रिल २०१५ मा अदालतमा पेश गरेको दस्तावेज अनुसार फ्रान्सको टुलुसमा रहेको कम्पनीले विमान खरीद वापतका कमिशन लिनका लागि नेपाली पक्षद्वारा गठन गरिएको तेस्रो कम्पनीलाई ३ लाख ४० हजार युरो घूस दिएको उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्