जन सरोकार

लिटिलबुद्ध रामबहादुर बमजमलाई पक्राउको तयारी, प्रहरी पुग्यो आश्रममा

आफूलाई लिटिल बुद्धका रुपमा प्रचार गर्दै हजारौं अनुयायी बनाएका रामबहादुर बमजनलाई हत्या, हिंसा, बलात्कार तथा वेपत्ता पारेको अभियोगमा पक्राउ गर्न प्रहरीको टोली शुक्रबार बिहान सिन्धुलीस्थित आश्रम पुगेको समाचार छ । बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजे पनि भेटाएको भने छैन ।

सर्लाही जिल्ला अदालतबाट बिहीबारै बमजन पक्राउको अनुमति लिएर त्यता गएको प्रहरी सूत्रका अनुसार आश्रमस्थित उनी बस्ने मूलघरमा ताला लागेको छ । बमजममाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् ।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ ।

बमजनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ । गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.