जल/वातावरण

विद्यालय र विश्वविद्यालयका शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउन माग

कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका विद्यालयहरु संचालनमा आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ ।

मन्त्रालयले सरकारको नीति बमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो ।

यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरुलाई कोभिड खोप लगाउन आग्रह गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

महासङ्घका अध्यक्ष बाबुराम थापा, प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका गर्नुभएको थियो ।

खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.