जन सरोकारस्वास्थ्य

संक्रमण र मृत्यु दुबै बढ्यो : २ हजार ४ सय १ जनामा संक्रमण, १४ जनाको मृत्यु

नेपालमा केही दिनयता दुई हजारभन्दा कममा कोरोना संक्रमण पुष्टि भैरहेका बेला आज पछिल्लो २४ घण्टाभित्र झण्डै साँढे दुई हजारमा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या बढेर १४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यसै अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ११६०३ पिसिआर परीक्षणबाट १८५१ जना र ४७५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो ।हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.