जन सरोकार

पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको निवासमै हत्या प्रयास

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको आफ्नै निवासमा हत्या प्रयास भएको छ । उहाँको हत्या प्रयास कसले गर्यो भन्ने नखुले पनि घरमा काम गर्ने विशेष चौधरीले भने आत्महत्या गरेका छन् ।

समाचार अनुसार ललितपुरको सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले दिएको जानकारी अनुसार कार्कीको अवस्था गम्भीर छ । घरमा रहेका कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् ।

घाइते कार्कीलाई अस्पताल लगिएको छ भने घटनास्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.