जापान

१० हजार भन्दा बढी खाद्यान्नको उच्च मूल्यवृद्धि

जापानमा यस वर्षको पहिलो चार महिनामा खाद्यान्नको मूल्यवृद्धि जारी रहने बताइएको छ । त्यहाँको बजारको अनुसन्धान गर्ने एक कम्पनीले हालै गरेको सर्वेक्षणमा बताइएको छ । जापानमा यस वर्ष १२,०५४ वस्तुको मूल्य बढेको र अझै बढ्ने अनुमान गरिएको छ ।

टेइकोकु डाटा लिमिटेड (Teikoku Databank Ltd) को जनवरी ३१ सम्मको तथ्याङ्क अनुसार, १० हजार भन्दा बढी किसिमका खाद्यान्नको मूल्यवृद्धि उच्च हुनेछ । मूल्य हालको तुलनामा औसत १६ प्रतिशतभन्दा बढी हुनेछ, जुन एक वर्ष अघिको तुलनामा ३ प्रतिशतले बढेको छ।

यो वृद्धिको गति गत वर्षको पहिलो चार महिनाको तुलनामा झण्डै दोब्बर हुनेछ जसले गर्दा ५ हजार ५ सय ७३ वस्तु महँगो भएको छ । यस वर्ष जमेको खाना र समुद्री खाना जस्ता ५,४६३ किसिमका बस्तुहरुको मूल्य बढाइनेछ । यो मूल्यवृद्धिको होड गत अक्टोबरमा ७,८०० भन्दा बढी वस्तुको मूल्यवृद्धिपछि हुन लागेको हो ।

सर्वेक्षणमा कन्फेक्शनरी लगायत २ हजार ७१६ खाद्यवस्तुको मार्चमा मूल्य बढ्ने अनुमान गरिएको छ भने अप्रिलमा ३ हजार १९२ वस्तुको मूल्य बढ्ने अनुमान गरिएको छ । टेइकोकुले यो गर्मीसम्म प्रतिमहिना २ हजारदेखि ३ हजार वस्तुको मूल्यवृद्धि जारी रहने प्रक्षेपण गरेको छ ।

एक ऋण अनुसन्धान कम्पनीका अधिकारीका अनसार गर्मीपछि विद्युत् र अन्य खर्चको भार बढेर जाने प्रवृत्ति जारी रहने सम्भावना छ । बढ्दो तेलको मूल्यले रसद लागत बढाएकोले गत गर्मीदेखि विभिन्न वस्तुहरूको मूल्य वृद्धि भएको छ।

यो वर्ष येनको विनिमय दरमा आएको तीब्र ह्रासले पनि मूल्यवृद्धिमा सघाइरहेको छ । त्यस्तै यो वर्ष बिजुली र ग्यासको बिलमा भएको वृद्धि मूल्य बढाउने मुख्य कारक हुनेछ ।

सर्वेक्षणले खाद्य तथा पेय पदार्थ उद्योगमा सूचीकृत १०५ र सूचीबद्ध नगरिएका ९० उत्पादकहरूको मूल्य निर्धारणको तथ्यांक संकलन गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.