जल/वातावरण

नेपालको पहिलो कोरोना भाइरस सङ्क्रमित व्यक्ति पूर्ण स्वस्थ

चीनको वुहानमा अध्ययनरत रहँदा कोरोना भाइरस बोकेर नेपाल फर्किएका एक व्यक्ति अहिले पूर्णरुपमा निको भैसकेका छन् । कोरोनाको त्रास फैलिइरहेको र यसको उपचार सम्भव छैन भन्ने हल्लाकाबीच उनी अहिले पूर्ण स्वस्थ भएर दैनिक काममा फर्किइसकेका छन् ।

उपचारपछि आफ्नो नियमित काममा फर्केका ३१ वर्षीय व्यक्ति चिनियाँ शहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै काठमाण्र्डा उत्रिएका थिए । वुहानमा रहेका नेपाली विद्यार्थी लिन शनिबार नेवानिको जहाज जाने तयारी भैरहँदा उनी भने वुहानमा रहेका नेपालीहरू नयाँ भाइरसबाट सङ्क्रमित नभएकाले नेपालमा कोही पनि डराउनु पर्ने अवस्था नआएको बताउँछन् ।

उनी भन्छन् चीनको चिसो मौसमका कारण त्यहाँ नयाँ भाइरसको सङ्क्रमण फैलिइरहेको छ र त्यो नियन्त्रण हुन केही समय लागिरहेको छ । उनी भन्छन् म नेपाल आउने बित्तिकै यहाँको तुलनात्मक रूपमा न्यानो मौसम पनि मेरो लागि अनुकूल बनेको हुन सक्छ । उपचार सुरु गरेको दुई तीन दिनमै मलाई ठिक भयो र म अहिले यसरी स्वस्थ भएर आफ्नो काममा फर्किन सफल भएको छु ।

मेरो विचारमा चिसो हट्ने क्रम सुरु भएसँगै चीनमा पनि कोरोनाभाइरसको सङ्क्रमणको क्रम कम हुन थाल्छ र सबै कुरा बिस्तारै सामान्य हुन थाल्नेछ । त्यसपछि म फेरि चीनको वुहान फर्किएर आफ्नो अध्ययनमा जुट्ने वातावरण बन्नेछ ।

उपचारपछि पूर्ण निको भएका उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.