जन सरोकार

कुवेतमा भएको के हो ? यथार्थ जानकारी दिन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत छ नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था गर्न र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
आयोगका सचिव वेदप्रसाद भट्टराईले गरेको प्रेस विज्ञप्तिमा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएका तथा घाइते भएकाको प्रभावकारीरूपमा निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकारसमेतको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

आयोगले घटनाका सम्बन्धमा यथार्थ जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा उनीहरुको मानवअधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

कुवेतमा कार्यरत चारजना नेपालीको बालुवाको थुप्रोमा पुरिएर मृत्यु

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.