ब्राउन सुगर सहित दुईजना पक्राउ
सिराहाको गोलबजार नगरपालिका ७ चोहर्वाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सानो पोका ३० थान, मोबाइल ७ थान र नगद १५ हजार ९ सय ७५ रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण यादव र २० वर्षीय प्रवेश महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले यादवले आफ्नै घरमा लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीसँगै रहेका महतोलाई समेत पक्राउ गरेको हो ।
यसै गरी कैलालीको गौरीगंगा नगरपालिका ६ दैधबारी बारवन साझेदारी सामुदायिक वनबाट प्रहरीले एकनाल भरुवा बन्दुक र बदेलको मासु आइतबार बिहान बरामद गरेको छ । उक्त ठाउँमा भरुवा बन्दुक रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उक्त मासु र भरुवा बन्दुक बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्