अर्थ

सुनको भाउको नयाँ उचाई : तोलाको ७८ हजार नाघ्यो

केही समययता ह्वात्तै बढेको सुनको भाउ शुक्रबार नयाँ उचाईमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ भने चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा तोलामा पाँच सय रुपैयाँको वृद्धि हो । फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यले यहाँको बजार प्रभावित भएको बताउँदै मूल्य बढेसँगै कारोबार आधाभन्दा बढीले घटेको जानकारी दिनुभएको छ ।
गत वर्ष फागुन महिनामा महासंघअन्र्तगतका व्यवसायीले देशभर दैनिक ४० किलो भन्दा धेरै सुन बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले १५ किलो हाराहारी मात्रै कारोबार भएको महासंघले जनाएको छ । अहिले बिहेको सिजन भएकाले आवश्यक पर्नेबाहेक रहरले सुनमा लगानी गर्न ग्राहकको आकर्षण नदेखिएको पनि महासचिव बज्राचार्यले बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.