राजनीति

नेकपा (एस)ले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले पेश गरेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको नेकपा (एस)को सचिवालयको बैठकले एमसीसी संसदमा दर्ता भएसँगै यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

खतिवडाले भन्नुभयो ‘एमसीसी प्रस्तावको विपक्षमा उभिनेछौं । यसमा पार्टीको पोजिसन स्पष्ट छ । हिजो दर्ता गरिएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र यसका लागि वातावरण पनि बनाउछौं ।’

त्यसै गरी क एमसीसीका कारण पार्टीमा आएका विभिन्न चर्चाबारे उहाँले यसले पार्टी हितको एकतालाई तोड्न नसक्ने बताउँदै एमसीसीको पक्षमा पार्टी नलाग्ने र सरकारमा बस्ने वा बाहिरिने भन्ने कुरा समयले निर्धारण गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.