जन सरोकार

अनलाइन जुवा खेलाउने चिनीयाँ नागरिकसहित ३७ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनीयाँसहित ३७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ

सोमबार राति नयाँ बानेश्वरको एक घरमा छापा मारी एक चिनीयाँ र ३६ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन् । अन्य ३६ जना नेपालीहरू भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ ।

पालका अनुसार प्रहरीले उनीहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ । २ वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.