क्रिकेटखेल

सन्दीपलाई जेलबाहिर बसेर मुद्दा लड्ने अनुमति

उच्च अदालत पाटनले जिल्ला अदालतको फैसलाबिरुद्धको पुनरावेदन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म क्रिकेटर सन्दीप लामिछाने जेल बाहिरै बस्ने अनुमति दिएको छ ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी मुद्दा दर्ता गरेको हो ।

उच्च अदालत पाटनका रजिस्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको जानकारी दिनुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन कप्तान समेत रहेका लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । उनीविरुद्ध पुस २४ मा कैद सजाय तोकिएको थियो ।

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछानेद्वारा राष्ट्रिय टिमबाट अलग भएको घोषणा

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.