जन सरोकार

कोशी टप्पुको हात्तीले लियो महिलाको ज्यान

कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट शनिबार सप्तरीमा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जङ्गली हात्तीको आक्रमणमा परी मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । घटनाको जानकारीलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले जिल्लाको कञ्चनपुर क्षेत्रमा दैनिक आतङ्क मच्चाएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.