प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, मिर्गौला दान दिने समीक्षाको अवस्था सामान्य (विज्ञप्तिसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । पाँच घण्टा लगाएर मिर्गौला प्रत्यारोपणपछि पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा छन् । प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको छ ।
प्रधानमन्त्री ओलीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको छ । त्यस्तै मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको डा खड्काले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तमकुमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्तकुमार लगायतको टोली संलग्न थियो । यस्तै चिकित्सा टोलीमा डा दिव्या सिंह साह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा रविन नेपाली लगायतको टोली थियो ।
यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ, प्रा डा सुवास आचार्य लगायतका टोलीको सहभागिता रहेको असपतालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्