जापान

गल्कोट स्पोर्ट्स क्लब जापानले गर्यो रंगशाला निर्माणका लागि चारलाख सहयोग

चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गल्कोट स्पोर्ट्स क्लब जापान, टोसकयोले आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले गल्कोट समाज चितवनका पदाधिकारीहरुको समन्वयनमा धुर्मुस सुन्तली फाउण्डेशनलाई चारलाख पाँच हज़ार रुपैयाँ सहयोग रक़म हस्तान्तरण गरेको हो ।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मुख्य नाराका साथ सन २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले स्थापना कालदेखि नै नेपालको राष्ट्रिय खेल भलिबल मार्फत जापानमा रहने खेलाडीहरुलाई एउटै मालामा उन्ने कार्य गर्दै आएको छ भने स्थापनाकालदेखि नै निरन्तर खेलकुद क्षेत्रसंगै सामाजिक कार्यहरुमा पनि थुप्रै यस्ता आर्थिक सहयोग गर्दै आइरहेको छ ।

यसैको निरन्तरता अन्तर्गत सन २०१७ मा जापान भ्रमणका अबसरमा क्लवको तेस्रो बार्षिकोत्सवमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेशनका लागि कल्वले एकलाख सहयोग स्वरुप हस्तान्तरण गरेको थियो ।

क्लबले प्रत्येक नेपाली नयाँ वर्ष तथा कल्वको बार्षिकोत्सवको उपलक्ष्यमा जापानमा रनिंग कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट हुन आएको मुनाफाबाट खेलसंग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आएको । यस वर्ष भने कोरोना भाईरसका कारण जापान सरकारले गरेका केही निर्णयलाई मनन गर्दै केही समय पछाडि अर्थात २०२० मे महिनाको अन्तिमतिर यहाको अबस्था हेरेर प्रतियोगिता गर्ने समेत जानकारी कल्वले दिएको छ ।

उक्त प्रतियोगितामा पनि सबैको साथ सहयोगले पुन यस्तै सामाजिक कार्यमा निरन्तर सक्रिय रहने बिश्वास लिएको कल्वका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.