राजनीति

अविश्वास प्रस्ताव दर्ता हुँदैमा सरकार ढल्दैन, बाँकी कार्यकाल ओली नेतृत्वमै चल्छ : पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताउनुभएको छ । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएको अर्थमन्त्रीले पौडेलले बुटवलमा पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताउनुभयो ।

प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन दाहाल– नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयोे, “उउहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहरुको प्रयास निरर्थक हुनेछ ।”

महासचिव पौडेलले अहिले पनि नेकपा राष्ट्रिय राजनीतिको नेतृत्व शक्ति रहेको र बाँकी कार्यकाल ओली नेतृत्वको सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले केपी शर्मा ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिएका हुन् र अब पनि दिने छन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.