राजनीति

सत्ता समीकरणमा एमाले रास्वपाको प्रवेश, कांग्रेसको विदाई, आजै सानो मन्त्रिमण्डल बन्ने

मुलुकको अस्थिर राजनीतिमा अर्को प्रयोग भएको छ । नेपाली कांग्रेस, माओवादी सहितको सत्ता समीकरण भत्किएर नेकपा एमाले, माओवादी, रास्वपाको नयाँ समीकरण बनेको छ ।

सोमबार विहान सत्ता राजनीतिमा एकाएक भूकम्प ल्याउँदै एमाले र रास्वपा सम्मिलित नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारीमा रहनुभएको छ । यो समाचार तयार पार्दासम्म नयाँ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरुको बैठक जारी छ । बैठकमा मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा सहभागी माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार नयाँ गठबन्धनमा आवद्ध दलहरुलाई समेटेर सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने र प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउने सहमति भएको छ सहमति अनुसार एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।

नयाँ गठबन्धनमा नयाँ गठबन्धनमा राप्रपालाई भने समेटिएको छैन भने एकीकृत समाजवादीलाई पनि समेटेर लैजान माओवादील् जोड दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.