जन सरोकार
बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
बानेश्वरमा ड्यूटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला घर भएका २७ वर्षीय राज कठायत रहेका छन्।
कठायतले ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका दानबहादुर थापाले बताउनुभयो ।
युवकले जथाभावी सडक पार गर्न खोजिरहको बेला महिले प्रहरीले आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि उनले प्रहरीमाथि मुक्का हानेको प्रवक्ता थापाले जानकारी दिनुभयो । उनीमाथि हातपात भएपछि छुट्याउन गएका अन्य दुई जना ट्राफिक प्रहरी माथि पनि उनले हातपात गरेका थिए ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्