जल/वातावरण

आइसोलेसनमा बसेका कोरियाबाट फर्केका कोरोना आशंकित व्यक्ति अस्पतालबाट भागे

बुधबार दक्षिण कोरियाबाट काठमाडौं आएका सुनसरी घर भएका एक व्यक्तिलाई अस्पतालबाट भागेका छन् । अस्पतालबाट भागेर उनी हवाईजहाजमार्फत विराटनगर पुगेको आशंका गरिएको छ ।

विमानस्थलको परीक्षणमा कोरोनाको आशंका गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएका उनी बिहिबार त्यहाँबाट भागेका हुन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

आइसोलेसनमा राखिएका उनी भागेपछि अस्पतालले प्रहरीलाई खबर गरेको छ । काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौंरले अस्पतालले जानकारी गराएपछि अहिले सो व्यक्तिको खोजी भइरहेको बताउनुभएको छ ।

बुधबार नै एकजना युएईबाट आएका नेपाली र अर्का फ्रेन्च नागरिकलाई आइसोलेसनमा भर्ना गरिएको थियो । उनीहरू सबैको कोरोना परीक्षण बिहीबार गरिने अस्पतालले जनाएको थियो ।

अस्पतालका प्रवक्ता डा अनुप बास्तोलालेका अनुसारसाधरण जाँचपछि उनीहरुलाई आइसोलेसनमा राखिएको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.