जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । पाँचथर, तुम्बेवा गाउँपालिका-१ स्थित लखुवा खोला छेउको भिरमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका-१ रातोमाटे बस्ने पार्थ बहादुर बुढाथोकी र सहर सिंह तामाङको ३ वटा गुवालीमा आगलागी हुँदा घर र गुवाली पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै रूपन्देही, मायादेवी गाउँपालिका-४ मोतिपुर बस्ने बिरेन्द्र धोबीको कच्ची घरमा सोमबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस्तै सुनसरी, धरान उपमहानगरपालिका-११ सुनौलो मार्ग बस्ने ३५ वर्षीय भुवन भुजेलको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उता खोटाङ, खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित खरबारीमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ३५ वर्षीय कबिराज विक समेत २ जनाको २ वटा घरमा आगलागी हुँदा दुबै घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.