जन सरोकार

भोटेकोशी बाढी : पृथ्वी र पासाङल्हामु राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

भोटेकोशीमा आज बिहान आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएकोे छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिनुभयो ।

चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत सीमावर्ती तथा तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.