जन सरोकार

१५ वर्षीया छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ

अर्घाखाँचीको एक माध्यमिक विद्यालयका शिक्षकलाई नाबालिक छात्रालाई पटकपटक जबरजस्ती करणी (बलात्कार) गरी गर्भपतन समेत गराएको अभियोगमा पक्राउ गरिएको छ ।

मालारानी गाउँपालिकाको विद्यालयका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका हुने ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.