बागलुङमा रास्वपाको क्लिन स्वीप
बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । क्षेत्र नम्बर–१ मा सुशिल खड्का विजयी हुनुभएको छ । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै विजयी हुनुभएको छ ।
बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गर्नुभएको थियो । यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको छ ।
यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै क्षेत्र नं २ मा सोम शर्मा विजयी हुनुभएको छ । उहाँले १२ हजार ६४७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गर्नुभएको छ ।
सो क्षेत्रमा एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्नु भएको छ ।





प्रतिक्रिया राख्नुहोस्